बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर, ८ असोज । मोरङमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । बुढिगंगा गाउँपालिका-१ स्थित कोशी लोकमार्गमा को १ ख ७५४८ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका बेलबारी नगरपालिकास्थित डगिहाटका ५१ वर्षीय देवेन्द्र पन्तलाई उपचारको लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो । साेहि क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बससहित चालक सुनसरीको रामधुनी नगरपालिका-५ का शिव बहादुर पौडेललाई नियन्त्रण्मा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस