ब्राउन सुगरसहित ३ जना पक्राउ

विराटनगर, ८ असोज । झापाबाट लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिकाको २७ वर्षीय रोशन सुबेदी र साेही ठाउँका २८ वर्षीय रतन सिंह रहेका छन् ।

अर्जुनधारा नगरपालिका-११ बसपार्कस्थित अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई ६ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर पक्राउ गरेको हो । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगपालिका बाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

सोही पालिकाका वडा नम्बर ६ स्थित तुर्केनी खेल मैदान छेउबाट रतन सिंहलाई ५ ग्राम ब्राउन सुगर पक्राउ गरेको हो । तीनै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस