सशस्त्र प्रहरी बलका ११ डीआईजीको सरुवा

काठमाडौँ । सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) काज सरुवा भएको छ । गृह मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय अनुसार काज सरुवा गरेको हो ।

डीआईजी नारायणदत्त पौडेलको सशस्त्र प्रहरी बल को प्रमुख कार्यालय मानव श्रोत विभाग, चन्द्र प्रकाश गौतमको सीमा सुरक्षा विभाग, वंशीराज दाहालको ९ पशुपतिनाथ बाहिनी, मुख्‍यालय काठमाडौंमा सुरुवा भएको छ ।

यसैगरी मन्दीप श्रेष्ठ महानिरीक्षकको सचिवलायमा सरुवा भएका छन् भने हाल केन्द्रीय प्रवक्ता रहेका डीआईजी राजु अर्याल मानव संसाधन श्रोत विभागमा सरुवा भएका छन् ।

डीआईजी कुल बहादुर नेम्वाङको नेपाल नम्बर ५ बिन्ध्यबासिनी मुख्‍यालय रुपन्देही, दुर्गाप्रसाद भट्टराईको नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्‍यालय कैलाली र शम्भु सुवेदीको नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्‍यालय कास्कीमा सरुवा भएको सशस्त्र प्रहरी बल प्रवक्ता डीआईजी राजु अर्यालले जानकारी दिए ।

यसैगरी किशोर प्रधानको नेपाल न‌ं ३ गढीमाइ बाहिनी मुख्‍यालय मकवानपुर, कमल गिरीको नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी, गणेशबहादुर ठाडा मगरको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्‍यालय महोत्तरी सरुवा भएकाे छ ।

Author:



क्याटोगरी छान्‍नुहोस