जितिया पर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम गरुन्ः मुख्यमन्त्री राउत

जनकपुरधाम, ११ असोज । मुख्यमन्त्री लालबाबु राउतले जितिया पर्वको शुभकामना दिएका छन् । सोमवार शुभकामना संदेश जारी गर्दै उनले ‘हिन्दु धर्मावलम्बीहरुले मनाउने कठोर ब्रत जितियाको अवसरमा सम्पूर्ण ब्रतालु महिलाहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

सन्तान प्रति आमाको स्नेह झल्काउने यस महापर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम गरुन् भनि कामना गरिएको छ भने पर्वको अवसरमा असोज १३ गते विदा रहेको संदेशमा उल्लेख छ ।

‘यस अवसरमा प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाहरुका लागि असोज १३ गते विदा समेत दिएको हुँदा सम्पूर्ण ब्रतालु महिलाहरुलाई निष्ठापूर्वक पर्व मनाउने अपिल गर्दछु ।’ संदेशमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780