प्रेस मञ्च नेपालका महासचिवमा झा मनोनयन

राजविराज, ११ असोज । प्रेस मञ्च नेपालका केन्द्रीय महासचिवमा सञ्चारकर्मी अवधेशकुमार झालाई मनोनयन गरिएको छ । जनता समाजवादी पार्टी समायोजन कार्यदलको बैठकले समायोजन निर्देशिका अनुसार रिक्त रहेको सो पदमा झालाई मनोनयन गरिएको हो ।

‘हिजो बसेको कार्यदलको बैठकले समायोजन निर्देशिका अनुसार प्रेस मञ्च नेपालको रिक्तपूर्ति गर्ने निर्णय भएको हो’ प्रेस मञ्च नेपालका अध्यक्ष केशवराज अर्यालले मधेशलाइभसँग भने–‘जसअनुसार महासचिव पदमा झालाई जिम्मेवारी दिएका छौं ।’

अढाइ दशकदेखि पत्रकारता क्षेत्रमा लागेका सप्तरी निवासी सञ्चारकर्मी झा कान्तिपुर राष्ट्रिय दैनिकका उप–सम्पादक हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780