सप्तरीमा करेन्ट लागेर युवकको ज्यान गयो

राजविराज, ११ असोज । सप्तरीको खडक नगरपालिका–२ बेल्हीमा आज करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।

आपको रुखमा चढेर एघार हजार भोल्टको तारमाथिबाट हर्नको तार क्रस गर्नेमा २१ वर्षीय दिपेन्द्र मण्डललाई करेन्ट लागेर घाइते भएका थिए ।

उपचारकोलागि उनलाई लहानस्थित कामना नर्सिङहोम पुर्याएकोमा सोही ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस