थप १ हजार २८२ जनामा संक्रमण, ७ को मृत्यु

जनकपुरधाम, ११ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार १२ हजार ८१ पीसीआर तथा ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा १ हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १८ हजार ८४८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस