एमालेका सांसदलाई डा.भट्टराईको चुनौती-‘पदबाट राजीनामा दिनु’

जनकपुरधाम । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरूलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन् ।

डा. भट्टराईले संसदलाई २/२ पटक विघटन गर्ने एमालेलाई संसदमा आउनसमेत लाज हुनुपर्ने टिप्पणी गरे । सोमवार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरूले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिए ।

डा. भट्टराईले सर्वोच्चको फैसला मान्दैनौँ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु शरमको विषय भएको पनि दोहोर्याए ।

‘सर्वोच्चको फैसला मान्दैनौँ भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने ? अनि संसदीय मर्यादा कायम । जुन संसदलाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो,’ उनले भने, ‘मैले पार्टी छोडिसकेपछि दोस्रो संविधान सभा पछि २०७२ सालमा तुरुन्तै राजीनामा गरेको थिएँ । उहाँहरूमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस