प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको छापा, कागजात लिएर फर्कियो टोली

जनकपुरधाम, १३ असोज । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगको कार्यालय बर्दिबास र केन्द्रबाट आएको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको हो ।

प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट सुरु गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानका लागि साइकल खरिदमा भएको अनियमितता भएको सूचनाका आधारमा आयोगले छापा मारेको अख्तियार स्रोतले जनाएको छ ।

आयोगको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरु सोधपुछ गरेका छन् भने केही कागजात लिएर फर्किएको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस