अञ्जु र हरेरामको ‘मिलल अहाके साथ’ म्युजिक भिडिओ सार्वजनिक

राजविराज ।  गायिका अञ्जु यादव र गायक हरेराम चौधरीको ‘मिलल अहाके साथ’ मैथिली म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

देवराज तिम्लिसिनाको निर्देशनका तयार पारिएको सो म्युजिक भिडिओ बडादशैंको अवसर पारेर विहिवार ‘मेलोडी स्टुडिओ’ नामक यूटुब च्यानलबाट सार्वजनिक भएको हो ।

राजेश राजपुत र लक्ष्मी खत्रीको अभिनयमा तयार पारिएको सो म्युजिक भिडिओमा लिरिक्स इन्द्रदेव यादव र म्युजिक दिपेन्द्र कुमारले दिएका छन् । गीतको रेक्डिस्ट भुषण कुमार हुन् ।

म्युजिक भिडिओको कपीराइट मेलोडी रेक्डिङ्ग स्टुडिओ राजविराज’मा निहित रहेको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस