राजविराजमा स्वास्थ्य जाँचमा विशेष छुट, ७ हजारमा हुने परीक्षण साढे ३ हजारमै

राजविराज, २१ असोज । सप्तरी सदरमुकाम राजविराजस्थित एक ल्याबले विहिवारबाट विशेष छुटसहितको स्वास्थ्य जाँच सेवा सुरु गरेको छ । ‘सुर्या डाग्नोटिक सेन्टर’ले बडादशैंको अवसर पारेर छठसम्म विशेष छुटसहितको स्वास्थ्य जाँच सेवा सुरु गरेको हो ।

ल्याबले अत्यधिक छुटमा तीन वटा प्याकेज तयार पारेर स्वास्थ्य जाँच सेवा सञ्चालन गरेको सञ्चालक अरुणकुमार यादवले जानकारी दिए । उनका अनुसार टेष्ट नामक प्याकेजमा सिबीसी, युरिन आरभाआइई, आरबीएस, लिपीड प्रोफाइल, लिभर फन्सनल टेष्ट, किटनी फन्सनल टेष्ट, थाइराइड फन्सनल टेष्ट र एचबीएआइसी गरी ८ वटा स्वास्थ्य परीक्षण राखिएको छ ।

अन्य समयमा ७ हजार पर्ने सो प्याकेजको अहिले छुटमा ३ हजार ५ सय रुपैयाँ भइरहेको सञ्चालक यादवले बताए । यसैगरी दोस्रो प्याकेजमा मिनी हेल्थ चेकअप रहेको छ । यसमा सीबीसी, आरबीसी, युरिन आरभाआइई, लिपीड प्रोफाइल र थाइराइड फन्सनल टेष्ट राखिएको छ ।

प्याकेजमा अन्य समयमा ३ हजार ५ सयमा हुँदै आएकोमा हाललाई २ हजार २ सय रुपैयाँ कायम गरिएको छ । यसैगरी तेस्रो प्याकेज पोष्ट कोभिड हेल्थ स्कृनिङ्ग रहेको छ ।

यसमा हेमोटोलोजी प्रोफाइल, सीआरपी क्याइन्टिटेटिभ र डी–डाइमर गरी ३ वटा स्वास्थ्य जाँच राखिएको छ ।

यो प्याकेजका परीक्षकहरु अन्य समयमा ४ हजारमा हुँदै आएको अहिलेलाई २ हजार कायम गरिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस