सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बैठक जारी

काठमाडौं, २१ असोज । मन्त्रिपरिषद्लाई पूर्णता दिनुअघि सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटार छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।

मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको छ । मन्त्रालय भागबन्डा मिले पनि दलहरूले मन्त्री हुनेको नाम दिइसकेका छैनन् ।

त्यसैले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइरहेको छ । गठबन्धनबाट देउवा गत असार २९ मा प्रधानमन्त्री चयन हुने भएको थियो ।

कांग्रेसबाट तीन मन्त्री र १ राज्यमन्त्री तथा माओवादीबाट २ मन्त्री मात्रै अहिले मन्त्रिपरिषदमा छन् । अरू मन्त्रालय देउवा आफैंले राखेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस