२४ घण्टामा ८०५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार ७ हजार २६४ जनाको पीसीआर र ३ हजार ४०८ जनाको एन्टिजेन गरि १० हजार ६७२ जनाको कोरोना परीक्षण गरिएकोमा ८०५ संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ९११ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ७३ हजार १४० जना पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ । नेपालमा हाल १५ हजार ९४२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780