सत्ता गठबन्धनका शीर्ष नेताबीच सहमति भएन

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच विहिवारको बैठक निष्कर्षमा नपुगी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक परिणामतः हुने भनिएको मन्त्रिपरिषद् विस्तार धकेलिएको छ ।

सत्ता साझेदार चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकले विभिन्न मोडलमा छलफल गरेको भए पनि सहमति जुटाउन भने सकेन । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले कैयौं दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा आलोचना खेप्दै आएका छन् ।

गत मंगलबार नै मन्त्रालयको भागबण्डा टुंगिएको बताइए पनि एकीकृत समाजवादीभित्र असन्तुष्टि सिर्जना भएको थियो । यद्यपि, आजको बैठकले प्रदेश १ र बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरेको बताइएको छ । ती प्रदेशमा अहिले एमालेका मुख्यमन्त्रीहरु छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस