आज मन्त्रिपरिषद् विस्तार गर्ने सम्भावना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको झण्डै तीन महिनापछि बिहीबार घटस्थापनाको दिन मन्त्रिपरिषद्ले पूर्णता पाउने चर्चा पनि यसअघिको चर्चाझैं असत्य सावित भएको छ ।

आन्तरिक गृहकार्य नपुगेको भन्दै सत्ता गठबन्धनले शुक्रबार मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति गरेको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले आन्तरिक तयारी नपुगेकाले शुक्रबार मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको बताउनुभयो ।

सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलले मन्त्री छान्न नसक्दा मन्त्रिपरषद्ले पूर्णता पाउन नसकेको हो । दलहरुबीच मन्त्रालयको मोटामोटी भागवण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेको बताइएको छ । एकीकृत समाजवादीले एक राज्यमन्त्रीसहित ५ मन्त्री मात्रै पाउने गरी भागवण्डा भएको थियो तर उक्त दलले थप एक मन्त्री पाउनुपर्ने अडान राखेपछि मन्त्रिपरिषद् विस्तारमा सहमति जुटन नसकेको बताइएको छ ।

मन्त्री छनोट गर्ने विषयमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसभित्र पनि सहमति जुट्न सकिरहेको छैन । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई दुई मन्त्रालय दिने तयारी गर्नुभएको छ । तर, पौडेल पक्षले भने तीन मन्त्रालय पाउनुपर्ने अडान कायमै राखिरहेका कारण मन्त्री छनोट हुन नसकेको बताइएको छ ।

त्यस्तै, सत्ता गठबन्धनका आबद्ध दलहरूलाई पार्टीभित्रबाट मन्त्री छनोट गर्न पनि सकस भएको छ । गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने चार मन्त्रीको नाम टुंगो लगाए पनि अन्य दलले मन्त्री छान्न सकेका छैन । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस