नेपालबाट ९ दिन ढिलो गरी बाहिरियो मनसुन

जनकपुरधाम । नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ । गत शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको यस वर्षको मनसुन आज देशको समग्र भू-भागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार सरदरमा २ अक्टोबरमा नेपालबाट बाहिरिने मनसुन यस वर्ष औसत मिति भन्दा ९ दिन ढिलो गरी बाहिरिएको हो ।

यस वर्षको मनसुन जुन ११ (जेठ २८) मा भित्रिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस