मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, १८ घाइते

जनकपुर । मुगुको छायाँनाथ रारा नगरपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । वडा नम्बर ७ स्थित दुर्घटना भएको हो ।

दुर्घटनामा १८ जना घाइते भएका छन् । प्रहरी कार्यालयका सूचना अधिकारी जनक धामीका अनुसार घटनास्थलमा उद्धार गर्न प्रहरी टोली पुगेको छ । अहिले उद्धारको काम भइरहेको छ ।

नेपालगन्जबाट मुगुको गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो । अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस