सुनसरीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु

सुनसरी, २ कार्तिक । अविरल वर्षाका कारण सुनसरीको धरान उपमहानगरपालिका–१३ मा आज खसेको पहिरोले एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । नागेश्वर मार्ग बस्ने निशान राईका ७ वर्षीया छोरी निसु राई र ४ वर्षीय छोरा निहान राईको मृत्यु भएको हो ।

दिउँसो घरमाथिबाट खसेको पहिरोले घरभित्र रहेका दुई बालबालिकालाई बेपत्ता बनाएको थियो । उद्धार टोलीले खोजी गर्दा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

उनीहरूका बुबाआमा बाहिर बरन्डामा बसिरहेका बेला पहिरो खसेको थियो । बुबाआमा भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस