किसानलाई बाली नोक्सानीको क्षतिपूर्ती उपलब्ध गराउनुः जनमत पार्टी

जनकपुरधाम । लगातार वर्षाका कारण बालीनाली नष्ट भएकोप्रति जनमत पार्टीले किसानलाई बाली नोक्सानीको क्षतिपूर्ती उपलब्ध गराउन आग्रह गरेको छ।

पार्टीका अध्यक्ष डा. सी के. राउतदवारा जारी विज्ञप्तीमा क्षतिको विवरण संकलन गरि किसानहरूलाई क्षतिपूर्ती दिन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग माग गरेको छ ।

‘किसानहरूले धानबाली भित्र्याउने समयमा देशभरि परिराखेको मुसलधारे पानी (असमयको अतिवृष्टि)ले गर्दा व्यापक रूपमा बालीनाली नष्ट भएको र यसले गर्दा दुःख तथा ऋण गरेर खेती गरेका किसानहरू निकै नै मर्कामा परेको हुँदा क्षतिको यथार्थ विवरण संकलन गर्न लगाई किसानहरूलाई क्षतिपूर्ती प्रदान गर्न जनमत पार्टी स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार समक्ष माग गर्दछ’, विज्ञप्तीमा भनिएको छ ।

किसानहरूको माग पूरा गराउन पार्टी प्रतिवद्ध रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस