वेमौसमको वर्षाः सप्तरीमा १५ हजार हेक्टरमा लगाइएको धानबाली तहसनहस

राजविराज, २ कार्तिक । गए रातिदेखिको अविरल वर्षाका कारण सप्तरीमा १५ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा पुगेको छ ।

निरन्तरको वर्षाले खेतमा पानीमा जमेको र हावाले धान ढालेपछि क्षतिमा पुगेको छ भने काटेर खेतमा राखिएको बालीमा पुगेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । कार्यालयका प्रमुख राजेन्द्र प्रसाद यादवले वर्षाका कारण १५–२० प्रतिशत धानबालीमा क्षति पुगेको बताए ।

‘क्षतिको विवरण संकलन कार्य भइरहेको छ, अनुमानित १५ देखि २० प्रतिशत धानबालीमा क्षति पुगेको छ’ उनले मधेशलाइभसँग भने–‘यहाँ ८१ हजार हेक्टर खेतीयोग्य छ, जसमध्ये १५ हजारभन्दा बढी हेक्टर जग्गामा लगाइएको बालीमा क्षति पुगेको छ ।’

यस वर्ष सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमा बाली लगाइएको उनले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस