गृह मन्त्रालयले भन्यो–अविरल वर्षाले १९ जिल्ला प्रभावित, ६ को मृत्यु, पाँच घाइते

जनकपुरधाम । गृह मन्त्रालयले तीन दिन देखिको अविरल वर्षाका कारण ६ जनाको मृत्यु र पाँच जना घाइते भएको जनाएको छ । सुनसरी र डोटीमा दुई–दुई तथा डडेलधुरा र कालिकोटमा एक–एक जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार विज्ञप्ति जारी गरी वर्षाले १९ जिल्ला प्रभावित भएको बताएका छन् । चार घर पहिरोले पूर्ण क्षति भएको र पाँच सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको मन्त्रालयले जनाएको छ । खोज, उद्दारलगायतका काम भइरहेको पनि मन्त्रालयले बताएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस