सप्तरीमा कटान तर्न लाग्दा एक युवक वेपत्ता

राजविराज, ३ कार्तिक । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित बुधवार बाढीले कटान गरेको सडक तर्ने क्रममा एक युवक वेपत्ता भएको छ । अविरल वर्षासँगै जिता खोलामा आएको बाढीले दशजग्गा क्षेत्रमा रहेको सो सडक कटान गरेको हो ।

झण्डै ६५ मिटर कटान भएको सो सडक भएर तिलाठीबाट रमपुरा मल्हनियातर्फ जाने सोही नगरपालिका–९ का २३ वर्षीय लालु भन्ने जितेन्द्र मण्डल वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

‘दिउँसोको समयमा कटान तर्ने क्रममा उनी वेपत्ता भएका हुन्’ उनले मधेशलाइभसँग भने–‘बगेर उनी भारतर्फ पुगेको अनुमान छ, यद्यपी खोजी कार्य भइरहेको छ ।’

मण्डलसँगै बगेका सोही ठाउँका २८ वर्षीय संजिव कुमार मण्डल भने तरेर कटान तर्न सफल भएको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस