नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

राजविराज, ६ कार्तिक । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द प्रसाद गुप्ताको शनिवार विहान निधन भएको छ । उपचारको लागि उनलाई न्युरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो ।

सोही क्रममा चिकित्सकले उपचार सम्भव नरहेको भनेपछि उनलाई घर (सिरहा) ल्याइएको थियो । विहान साढे २ बजेतिर उनको निधन भएको परिवारजनले जनाएको छ ।

६० वर्षीय गुप्ता लामोसमयदेखि रक्तचापको दीर्घरोगी थिए । गुप्ताका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस