मदरसा शिक्षालाई मूल प्रवाहिकरणमा ल्याउन छलफल

कृष्णनगर, ६ कार्तिक । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ मा मदरसा शिक्षालाई शिक्षाको मूल धारमा ल्याउन र मदरसाको विकासबारे छलफल भएको छ । लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खाँ नेपालीको निवास कृष्णनगरमा छलफल भएको हो ।

नेपालमा मदरसा शिक्षाको अवस्था, मदरसा शिक्षाको विकास, मदरसा शिक्षालाई राज्यको मूल धारमा समायोजन कसरी गर्न तथा सरोकार वाला तथा सरकारलाई ध्यानाकर्षण गराउन विषयमा छलफल जनाएको छ । छलफलमा खाँले मदरसा शिक्षालाई मूल प्रवाहिकरणमा ल्याउन तथा मदरसामा अध्ययापन गराउँदै आएका मौलानाहरूलाई शिक्षक दरबन्दी कायम गरि सामुदायिक विद्यालयको शिक्षक सरह सेवा सुविधा उपलब्ध गराउनुपर्ने विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ध्यानाकर्षण गराएको बताए ।

मन्त्री पौडेल सो विषयहरुमा सकारात्मक रहेको खाँले छलफलका सहभागीहरुलाई अवगत गराए । छलफलमा प्राध्यापक तथा शिक्षाविद् डा. विद्यानाथ कोईराला, प्राध्यापक डा. अब्दुल कय्यूम, पूर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खाँ, पूर्व विद्यालय निरिक्षक नुरूलहक मिकरानी, पूर्व जनस्वास्थ्य अधिकृत ताहिर हुसेन मिकरानी, राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, सदस्य डा. मोहम्मद मजहर खाँ, असरफ खाँ लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस