थप ५१३ जनामा कोरोना संक्रमण, ८१७ जना निको भए

जनकपुरधाम, ६ कार्तिक । देशभर पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३१ जनामा गरिएको परीक्षणमा ५१३ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर कोभिड संक्रमितको संख्या ८ लाख ८ हजार ५३४ पुगेको छ । सोही अवधिमा ८१७ जनालाई निको भएका छन् । योसँगै हालसम्म ७ लाख ८६ हजार ६३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४५ पुगेको छ । देशभर हाल १० हजार ५५९ सक्रिय संक्रमित छन् ।

सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा ९ हजार ७५७, संस्थागत आइसोलेसनमा ८०२, आईसीयूमा २६८ र भेन्टिलेटरमा ८० जना छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस