खेलकुदको माध्यमबाट समाज परिवर्तनमा टेवा पुग्छः मन्त्री साह

कमल कुमार मण्डल
राजविराज, ७ कार्तिक । प्रदेश २ का अर्थमन्त्री शलैन्द्र प्रसाद साहले खेलकुदको माध्यमबाट समाज परिवर्तन गर्नसक्ने व्याप्त आधार रहेको बताएका छन् । सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसस्थित खेल मैदानमा आयोजना गरिएको मिथिला कप टी–ट्वाइन्टी क्रिकेट प्रतियोगीताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘वर्तमान अवस्थामा युवाहरू कुलतसहितका विकृति विसंगतीतर्फ आकर्षित हुँदै गएको देखिन्छ’ उनले भने– ‘खेलकुदको माध्यमबाट नै त्यस्ता युवाहरुमा अनुशासनको बाटोमा ल्याउनुपर्ने एउटा आधार हो ।’ मन्त्री साहले त्यस्तो गर्न सकियो भने समाज परिवर्तनमा टेवा पुग्ने बताए ।

प्रतियोगिताको आयोजना गर्ने युवा शक्ति कल्ब, विष्णुपुरलाई प्रशंसा गर्दै मन्त्री साहले प्रतियोगितालाई वर्षाे वर्षसम्म निरन्तरता दिन आग्रह गरे । कल्वको अध्यक्ष रविन्द्र यादवको अध्यक्षतामा आयोजना गरिएको उद्घाटन कार्यक्रममा कोषाध्यक्ष नन्दकिशोर गुप्ताले कार्यक्रम सञ्चालन गरे ।

उद्घाटन खेलमा लहान क्रिकेट कल्ब सिरहा र फुलबारी क्रिकेट कल्ब सुनसरीबिच प्रतिस्पर्धा भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस