प्रधानन्यायाधीशविरुद्धको आन्दोलन चर्काउने बारको तयारी, देशभरका बार इकाइसँग छलफल

जनकपुरधाम । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले देशभर रहेका बारका ९० वटा इकाइसँग छलफल सुरु गरेको छ ।

बार एसोसिएसनले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलन देशभर चर्काउने विषयमा बारका ९० वटै इकाइसँग आज र भोलि (सोमबार) छलफल गर्न लागेको हो ।

यसअघि १४, १५, १६ र १७ कात्तिकमा सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै विरोध कार्यक्रम गरेको बारले आन्दोलनका थप कार्यक्रम घोषणा गर्न देशभर रहेका बारका अन्य इकाइसँग छलफल सुरु गरेको हो ।

बारले छलफलपछि आन्दोलनका थप कार्यक्रम घोषणा गरिने बताएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस