१९ पदका लागि राष्ट्रिय सभाको निर्वाचन माघमा हुने

जनकपुर । राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गते निर्वाचन मिति मिति तय गरेको हो ।

महिला बालबालिक तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तोकेको बताइन् । आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुने छ । उनीहरूमध्ये १ जना राष्ट्रपतिबाट मनोनीत हुनेछ, भने अन्य १९ जना निर्वाचनबाट आउनेछन् । सरकारले आयोगको प्रस्ताव बमोजिम नै निर्वाचन मिति तोकेर आयोगलाई तयारी अघि बढाउन आग्रह गरेको उनको भनाइ छ ।

संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस