एमाले नेता रघुवीर महासेठविरुद्ध जनकपुरमा एमालेकै नेता कार्यकर्ताको प्रदर्शन

जनकपुरधाम । जनकपुरधाममा नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुवीर महासेठविरुद्ध प्रदर्शन गरिएको छ।

महासेठले मनोमानी ढंगले महाधिवेशन प्रतिनिधि छनौट गरेको भन्दै असन्तुष्टि जनाउँदै उनको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको हो।

शनिबार असन्तुष्ट पक्षहरुले प्रदर्शन गरेका छन्। एमालेका प्रदेश २ का प्रमुख सचेतक किशोरी साहको अगुवाईमा जनकपुरधामको नगर प्रदर्शन गर्दै महासेठविरुद्ध नारावाजीसहित प्रदर्शन गरिएको हो।

प्रमुख सचेतक किशोरी साहले महाधिवेशन प्रतिनिधि छनौटमा धनुषामा स्थायी समिति सदस्य रघुवीर महासेठले गुटबन्दी गरेकाले उनको विरुद्धमा बाध्यतावश उत्रिनु परेको बताए।

उनले रघुवीर महासेठले गुटबन्दी गरेको र आसोपासे तथा नातावाद कृपावादमा लागेको आरोप लगाउँदै उनले त्यसविरुद्ध आफूहरुले आन्दोलन गरेको बताए।

रघुवीर महासेठले एमालेका प्रमुख सचेतक किशोरी साह र माओवादी केन्द्रबाट एमालेमा रहेका शिला यादव, श्रीलाल महासेठ, फरमुद नदाफलगायतकालाई बेवास्ता गर्दै एक्लौटी ढंगले मनोमानी निर्णय गरेको भन्दै त्यसको विरुद्धमा नगर प्रदर्शन गरेको असन्तुष्ट पक्षहरुको भनाइ छ।

Author:



क्याटोगरी छान्‍नुहोस