सप्तरी उद्योग बाणिज्य संघको मतगणना सुरु

राजविराज, ४ मंसिर । सप्तरी उद्योग बाणिज्य संघको ११ औं अधिवेशन निर्वाचन अन्तर्गत आज साँझ भएको मतदानको गणना सुरु भएको छ । कुल १ हजार ३२२ जना मतदाता रहेको संघमा १ हजार १६१ वटा मत खसेको छ ।

मतपरिणाम भने भाेली (आईतबार) विहानसम्म आउन सक्ने प्रमुख निर्वाचन आयुक्त अधिवक्ता राम कुमार यादवले जानकारी दिएका छन । संघकाे नेतृत्व चयनकालागि भएको निर्वाचनमा अध्यक्ष पदकाे २ जनाले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

शंकर दास र लालुप्रसाद अग्रवालले अध्यक्षकाेलागि प्यानलसहित उम्मेदवारी दिएका हुन् । दासको प्यानलबाट उद्योग तर्फको उपाध्यक्षमा रामअशिष स्वर्णकार, बाणिज्य तर्फको उपाध्यक्ष गौरीशंकर साह, महासचिवमा सुरज सिंह, सचिवमा गुलामबदी उजुम खाँ, कोषाध्यक्षमा दिनेश प्रसाद साह, सहकोषाध्यक्ष निर्मल मुन्धडाले उम्मेदवारी दर्ता गराएका छन् ।

सो प्यानलबाट सदस्य पदका लागि संजय पुर्वे, शिवनारायण साह, प्रमोद प्रसाद साह, कृष्णदेव भगत, अशोककुमार यादव र प्रतापकुमार साहले उम्मेदवारी दर्ता गराएका छन् । सो प्यानलबाट महिला सदस्य पदमा साधना दासको उम्मेदवारी परेको छ ।

यस्तै अग्रवालको प्यानलबाट उद्योग तर्फको उपाध्यक्ष दुर्गानन्द साह, बाणिज्य तर्फको उपाध्यक्ष रमेश साह, महासचिवमा अमृत संचेती, सचिव सुरेन्द्र बिमल यादव, कोषाध्यक्ष प्रमोद काबरा र सहकोषाध्यक्षमा अनिल सिंहले मनोनयन पत्र दर्ता गराएका छन् ।

सो प्यानलबाट सदस्य पदमा सन्तोष सिंन्हा, बिनोद साह, सचिन्द्र दास, मो. साहिर, सुरेन्द्र साह, कमल साह र महिला सदस्यमा अम्बिका दाहालले मनोननय पत्र दर्ता गराएका छन् । यस्तै सदस्यतर्फ एक जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस