राष्ट्रिय परिचयपत्रः सप्तरीमा विवरणसहितको कम्प्युटर चोरी, कर्मचारी अलपत्र

राजविराज, ६ मंसिर । सप्तरीको एक वडामा राष्ट्रिय परिचय पत्रको विवरण संकलन कार्य प्रभावित भएको छ । राजगढ गाउँपालिका–३ नर्घोस्थित वडा कार्यालयमा जडान गरिएको कम्प्युटरसहितका विद्युतीय सामग्री चोरी भएपछि विवरण संकलन कार्य प्रभावित भएको हो ।

गत फागुन २८ गते पुगेको कर्मचारीहरुको टोलीले विवरण संकलन गर्न सो कार्यालयमा कम्प्युटरसहितका विद्युतीय सामग्री जडान गरेका थिए । साता दिन नवित्दै (चैत्र २ गते राति) सो विद्युत सामग्री चोरी भएको गाउँपालिका अध्यक्ष परमानन्द यादवले बताए ।

चोरीसँगै विवरण संकलन गर्न खटिएको कर्मचारीहरु शैलेन्द्र ठाकुर र पुरुषोत्तम राय अलपत्र परेका छन् भने कार्य पनि अवरुद्ध भएको उनले जानकारी दिए । ‘२/३ दिन जति उहाँहरुले विवरण संकलन गर्नुभएको थियो, र कम्प्युटरसहितका विद्युतीय सामग्री विवरण सहित चोरी भयो’ उनले भने–‘प्रहरीमा उजुरी गएको छ भने हामीले सिडिओ साबलाई पनि जानकारी गराएका छौं तर अझैं कुनै पहल हुन सकेको छैन् ।’

उनका अनुसार २ थान कम्प्युटर सेट, २ थान क्यामेरा, आइरिस स्क्यानर, मोरफो (फिंगर प्रिन्ट स्क्यानर) र सिंग्नेचर प्याड चोरी भएको हो ।

उता, प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनार्दन गौतमले बहुमुल्य विवरणसहितको सामग्री चोरी भएकाले तदारुकताकासाथ खोजतलाश गर्न प्रहरीलाई निर्देशन दिएको बताए । ‘तर अझैं प्रहरीले ती सामग्रीहरु पत्ता लगाउन सकेको छैन्’ उनले भने–‘यहाँबाट नसकिए केन्द्रबाट सिआईबीलाई पनि भन्नुपर्ने हुन्छ कि भनेर मैले एसपीसँग कुरा गर्या, धेरै ढिलो भइसक्यो ।’

काम प्रभावित भइरहेकोले अर्को सामान मगाएर पुनः काम सुरु गर्ने विषयमा एक पटक केन्द्रमा डिजीसँग कुरा गर्ने र त्यहाँबाट आएको सल्लाहअनुसार अघि बढ्ने सिडिओ गौतमको कथन छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780