विलासिताका वस्तुमा अंकुश लगाउँदै सरकार

काठमाडौं, ६ मंसिर । सरकारले विलासिताका महँगा वस्तु आयातमा अंकुश लगाउने भएको छ । उच्च व्यापार घाटा तथा विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले विलासी वस्तुको आयात रोक्न तथा निरुत्साहित गर्ने गृहकार्य अघि बढाएको हो  ।

उच्च आयातका कारण बैंकिङ प्रणालीमा तरलता अभाव हुने मात्रै नभई भुक्तानी सन्तुलन र चालू खाता घाटासमेतमा चाप परेपछि सरकारले आयात निरुत्साहनको नीति लिँदै विलासी वस्तु आयातमा अंकुश लगाउने तयारी गरेको हो ।

जसका लागि सरकारले खासगरी विलासिताका रूपमा हेरिएका वस्तुहरू जस्तै, सुन, चाँदी, महँगा गाडीलगायतका आयातलाई निरुत्साहित गर्ने भएको छ । सरकारले यसअघि केराउ, मरिच, छोकडालगायतका आयातमा लगाइएको बन्देजलाई समेत निरन्तरता दिएको छ ।

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आयात नियन्त्रण गर्न नभई मुलुकको वर्तमान अवस्थालाई समेत ध्यान दिई केही वस्तुहरूमा नियमन गर्नुपर्ने देखिएकाले सरकारले यस्तो तयारी गर्न लागेको बताए ।

उता भन्सार विभागले पनि गत बुधबार सूचना प्रकाशन गरी विदेशबाट फर्किएका यात्रुले ल्याउने सुनमा कडाइ गर्ने संकेत गरेको छ  । विद्यमान कानुनअनुसार विदेशबाट फर्किएका यात्रुले ५० ग्राम तौलसम्मका गरगहना ल्याउन पाउने व्यवस्था छ । तर, विभागले राजस्व छल्ने नियतले सुन ल्याएमा कारबाही गर्ने चेतावनी दिएको छ । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस