पतञ्जली योगपीठ पुनः विवादमा

काठमाडौं, ६ मंसिर । नेपालका जडीबुटी भारतमा निर्यात गर्ने र फेरि भारतमै उत्पादन गरी नेपालमा बिक्री गर्ने योजना बनाएको पतञ्जली योगपीठले पुनः विवादित काम गर्न शुरु गरेको छ ।

पतञ्जली योगपीठ नेपालले पतञ्जलीका प्रमुख भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्ण आचार्यलाई नेपाल बोलाई जडीबुटी उत्पादन गर्न जग्गा खोजी शुरु गरेको छ ।

नेपालको वैद्यखानालाई पूर्णरूपमा सञ्चालन गर्न नसकेको सरकारले भारतीय कम्पनी पतञ्जलीलाई नेपालमा पुनः भित्र्याउन खोजिएको छ । हुन त पतञ्जलीले लमजुङ र बनेपामा केही जग्गा खरिद गरिसकेको छ ।

केही वर्षदेखि पतञ्जलीका आयुर्वेदिक औषधि निर्यातमा सरकारले प्रतिबन्ध लगाएपछि पतञ्जलीको औषधि, उपचार र सेवाकेन्द्र ठप्प भएको थियो । स्रोतका अनुसार थप जग्गा खरिद गर्न सरकारको सहुलियतका लागि पतञ्जलीले सरकारलाई दबाब दिँदै आएको छ ।

स्रोत भन्छ– ‘यो सरकार पतञ्जली योगपीठ नेपाल र रामदेवका लागि कन्फटेबल सरकार हो । त्यसैले देउवा नेतृत्वको सरकार आउनासाथ पतञ्जलीले जग्गा, टेलिभिजन च्यानल सञ्चालन खोजिरहेको छ ।

जडीबुटीमा कर लगाउने विषयमा विवाद भएपछि सरकारले पतञ्जली औषधि नेपाल ल्याउन रोकेको थियो । औषधि रोकेपछि राजधानीमा स्वास्थ्य परीक्षण र औषधि बिक्री प्रयोजनका लागि स्थापना गरिएको सेवा केन्द्र बन्द भएको थियो । सेवा केन्द्र बन्द भएपछि पतञ्जली योगपीठ नेपाललाई करोडौं रुपियाँ घाटा लागेको भन्दै सरकारसमक्ष पटक–पटक गुहार मागेको थियो ।

पछिल्लो समय गठबन्धन सरकार बनेपछि पतञ्जली योगपीठ नेपालले आफ्नो सेवा विस्तार गर्न खोजेको छ । रामदेवलाई नेपालमा बोलाएर नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग भेट गराउनुले पतञ्जली नेपालको स्वार्थ लुकेको प्रस्ट देखिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस