मन्त्री यादवद्वारा प्रदेश २ कांग्रेस सभापतिको उम्मेदवारी घोषणा

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेश सभापतिमा उम्मेदवारीको घोषणा गरेका छन् ।

जनकपुरस्थित मधेस भवनमा रहेको सरकारी निवासमा पत्रकार सम्मेलन गरेर प्रदेश सभापतिमा उम्मेदवारीको घोषणा गरेका हुन् । पटक पटक धनुषा सभापति बनेका उनले आफू २९ वर्षदेखि पार्टीमा सक्रिय रुपमा रहेको बताए ।

हालसम्म विभिन्न आन्दोलनमा ६ पटक करिब चार वर्ष जेल जीवन बिताएका यादवले भने, ‘जतिबेला २ जनालाई सक्रिय सदस्य बनाउनु सगरमाथा चढ्नुभन्दा ठुलो थियो । त्यतिबेला पनि संगठन निर्माण गरेको छु । त्यसैले म विश्वास दिलाउन चाहन्छु( प्रदेश सभापति बनेपछि पहिलो पार्टी बनाउछु ।’

उनले प्रदेश सभापति बनेपछि जनकपुरमा रहेको करिब ६ कट्ठा जग्गामा प्रदेश पार्टी कार्यालयको भवन बनाउने पनि बताएका छन् । यादव कांग्रेस उपसभापति बिमलेन्द्र समूहमा छन् । उनले सभापतिमा निधी उम्मेदवारी घोषणा गरेको र निर्वाचित पनि हुने विश्वास व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस