नेपाली महिला क्रिकेट टोली आज भुटानसगँ खेल्दै

जनकपुरधाम । नेपाली महिला क्रिकेट टोलीले आज (मंगलबार) भुटानसगँ खेल्दैछ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजे दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हुने भएको छ ।

सोमबार भएको पहिलो खेलमा हङकङसँग ६ विकेटले नेपाललाई पराजित गरेको थियो । पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको थियो ।
नेपालले अब तेस्रो खेल बिहीबार कुवेत, चौथो खेल शुक्रबार मलेसियासँग र पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने तालिका रहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस