लहानबाट एक पुरुषको शव फेला

लहान । सिरहाको लहान नगरपालिकामा आज एक पुरुषको शव फेला परेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत वडा नम्बर ११ पडरियामा विहान पुरुषको शव फेला परेको हो । यद्यपी मृतकको पहिचान खुल्न सकेको छैन ।

घटनाबारे अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डा. तपन दाहालले बताए ।

Author:

क्याटोगरी छान्‍नुहोस