थप ९ लाख ७२ हजार डोज कोभिशिल्ड खोप आज ल्याइदै

जनकपुरधाम । कोरोना भाइरसविरुद्धको ९ लाख ७२ हजार डोज कोभिशिल्ड खोप नेपाल ल्याइने भएको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत सेरम इस्टिच्युट अफ इन्डियाले उत्पादन गरेका उक्त खोप आज (बुधबार) काठमाडौँ आउन लागेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाले जनाएको छ ।

शाखाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत यस अघि ७ लाख २५ हजार डोज खोप मंसिर १३ गते आइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस