विराटनगरबाट लागूऔषध सहित एक जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको विराटनगर–१५ बाट लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उप–महानगरपालिका १५ का २१ बर्षीय बिशाल खड्का रहेको छ ।

पक्राउ परेको खड्काको साथबाट लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लुपिजेसिक २० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल २० एम्पुल, फेनारगन १० एम्पुल, डाईजोपाम १० एम्पुल, नाईट्रोसन ३० ट्याब्लेट बरामद गरेको छ ।

उक्त सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस