महोत्तरीमा हतियार प्रहार गरी महिलाको हत्या

जनकपुरधाम । महोत्तरीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । जिल्लाको लोहारपट्टी नगरपालिका–६ की रुबि मण्डलकी हत्या भएको हो ।

मंगलवार राति धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा उनको शव भेटिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार टाउको सहितको विभिन्न भागमा समेत धारिलो हतियार प्रहार गरिएको छ । मृतक रुबिको पति सुरेन्द्र मण्डल रोजगारीको क्रममा भारतको पञ्जाबमा छन् ।

राति सुतिरहेको बेला अज्ञात समूहले घरबाट बाहिर बोलाएर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक आचार्यले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस