जसपा मधेश प्रदेश समितिका पदाधिकारी चयन, अध्यक्षमा यादव

जनकपुर, १५ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिका पदाधिकारीहरु चयन भएका छन् । गत कार्तिक १५ गते बसेको प्रदेश परिषद्को निर्णय अनुसार बुधबार मधेश प्रदेश समितिका पदाधिकारीहरु चयन भएका हुन् ।

बुधबारै जनकपुरस्थित पार्टीको मधेश प्रदेश समितिको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि चयन भएका पदाधिकारीहरुको नाम सार्वजनिक गरिएको हो । जसअनुसार समितिको अध्यक्षमा रामबाबु कुमार यादव चयन भएका छन् ।

यसैगरी उपाध्यक्षहरुमा रामपृत पासवान, शम्भु झा, शेप नारायण यादव, वृजमोहन तिवारी र रामसेवक यादव छन् भने समितिको मुख्य सचिवमा दिनेश कुमार यादव चयन भएका छन् ।

यसैगरी समितिको सचिवहरुमा युसुफ अलि, निरा साह र शैलेन्द्र कुमार साह तथा कोषाध्यक्षमा रेणु यादव चयन भएका प्रदेश अध्यक्ष तथा के. कार्यकारिणी समिति सदस्य विजय कुमार यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस