विवाहपंचमी महोत्सवको समग्र तैयारीमा जुट्न मुख्यमन्त्री राउतको निर्देशन

जनकपुर, मंसिर १५ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विवाहपंचमी महोत्सवको समग्र तयारीमा जुटन सरोकारवाला निकायहरुलाई निर्देेशन दिइएको छ । प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका, जानकी मन्दिर एवं सुरक्षा निकायका प्रमुखहरु सहितको संयुक्त बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको धरोहर रहेको विवाहपंचमी महोत्सवलाई भव्य रुपमा सफल बनाउन सम्पुर्ण निकायलाई निर्देशन दिएको हो ।

महोत्सवलाई लक्षित गर्दै सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा निकायहरुलाई निर्देशन दिदै मुख्यमन्त्री राउतले सुृरक्षा व्यवस्थालाई थप मजबुत बनाउन आवश्यक व्यवस्थापन प्रदेश सरकारले गरिने प्रतिवद्धता समेत जनाएको छ । त्यसै गरि उपमहानगरपालिकाको नेतृत्वमा हुने सरसफाईमा सुरक्षा निकायका साथै स्थानीय सघसंस्थाहरुलाई समेत सहयोग गर्न मुख्यमन्त्री राउतले आग्रह गरेका छन् ।

बैठकमा उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रुवि कुमारी कर्ण, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास, प्रमुख सचिव हरिप्रसाद मैनाली, आन्तरिक मन्त्रालयका सचिव राम कुमार महतो, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, जनकपुर उपमहानगरका कार्यकारी अधिकृत प्रधुमन प्रसाद उपाध्याय, नेपाली सेनाका सहायक रथी शिशिर चन्द्र केसी, नेपाल प्रहरीका डिआइजी उमेश रंजितकार, सशस्त्र प्रहरीका डिआइजी गणेश ठाडा मगर, अनुसन्धानका निर्देशक ओम प्रकाश जोसी, धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरे सहितको सहभागिता रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस