१ खर्ब ७१ अर्ब रुपैयाँ बक्यौता कर उठ्न बाँकी

काठमाडौं, १६ मंसिर। सरकारले एक खर्ब ७१ अर्ब रुपैयाँ भन्दा बढी बक्यौता कर उठाउन सकेको छैन ।करदाता कार्यालयले निर्धारण गरेको करमा चित्त नबुझेर करदाताहरू अदालत जाँदा र समयमै करदाताले तिर्न बाँकी कर नतिर्दा ठूलो मात्रामा राज्यले कर उठाउन नसकेको हो ।

आन्तरिक राजस्व विभागको पछिल्लो प्रतिवेदनअनुसार न्यायिक निकायमा विचाराधीन रहेको र वास्तविक बक्यौता समेत गरी कुल बक्यौता एक खर्ब ७१ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ उठ्न सकेको छैन ।

विभागको बक्यौता तथा बेरुजू शाखाका अनुसार बक्यौतातर्फ आर्थिक वर्ष (आव) २०७७/७८ सम्ममा बक्यौता ३९ अर्ब ४० करोड ६० लाख रुपैयाँ कर उठ्न सकेको छैन । कार्यालयहरूबाट भएको कर निर्धारणउपर करदाताले चित्त नबुझाई प्रशासकीय पुनरवलोकन तथा न्यायिक निकायमा अपीलमा रहेको बक्यौता रकम एक खर्ब ३१ अर्ब ९८ करोड ८५ लाख पुगेको छ ।

आव २०७७/७८ मा १० अर्व एक करोड रुपैयाँ आयकर बक्यौता उठाउने लक्ष्य रहेकोमा दुई अर्व ५१ करोड असुल भएको छ । यो लक्ष्यको तुलनामा २५ प्रतिशत मात्रै असुली हो । यस्तै, मूल्य अभिवृद्धि करतर्फ चार अर्ब ४७ करोड लक्ष्य रहेकोमा पाँच अर्व ४१ करोड रुपैयाँ असुल भै लक्ष्यको तुलनामा १२१ प्रतिशत प्रगति भएको छ ।

बक्यौता समायोजनअन्तर्गत आयकरतर्फ २३ अर्ब ३५ करोड रुपैयाँ लक्ष्य रहेको थियो । यसमा ६ अर्ब १३ करोड रुपैयाँ असुल भएको छ । यो लक्ष्यको तुलनामा २६ प्रतिशत प्रगति भएको हो । यसैअन्तर्गत मूल्य अभिवृद्धि करतर्फ १० अर्ब ४५ करोड लक्ष्य रहेकोमा चार अर्ब २८ करोड रुपैयाँ असुल भई लक्ष्यको ४१ प्रतिशत प्रगति भएको छ । आर्थिक अभियान दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780