आज कतिमा हुँदैछ सुनको कारोबार ?

जनकपुर, १६ मंसिर । आज (विहवार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । हिजो (बुधबार) प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य विहिवार पनि प्रतितोला सोहि मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । बुधवार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको थियो ।

महासङ्घका अनुसार विहिवार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ ।

बुधबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस