भ्रष्टाचार मुद्दामा प्रतिकुल बकपत्र : यादव विरुद्ध मुद्दा दर्ता

जनकपुर । भ्रष्टाचार मुद्दामा प्रतिकुल बकपत्र गरेको भन्दै ५० हजार रुपैयाँ विगो कायम गरी सप्तरीका एक व्यक्तिमाथि विशेष अदालतमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनरुप नगरपालिका–१ का कमलकिशोर राज यादवमाथि विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

भ्रष्टाचार मुद्दाका प्रतिवादी प्रकाश सिंह कार्कीसमेत भएको मुद्दामा यादवले बिशेष अदालतमा बकपत्रका क्रममा प्रतिकूल बकपत्र गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

उनका अनुसार अनुसन्धान हुँदा यादवलाई सो मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिएर प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेश गरिएको थियो । तर, यादवले विशेष अदालतमा उपस्थित भएर वकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएका कागजातहरुको व्यहोरामा प्रतिकूल हुने गरी बकपत्र गरेको आयोगको ठहर छ ।

यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिबन्धनात्मक वाक्याशं बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम जरिवाना र कैद सजाय हुन माग गरिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस