‘ओमिक्रोन’ भित्रिन नदिन नाकामा ‘हेल्थ डेक्स’ राख्ने तयारी

राजविराज, १६ मंसिर। अफ्रिकी मुलुकमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएपछि नेपालमा पुनः सन्त्रास फैलिएको छ । कतिपय मुलुकले ओमिक्रोनभाइरस देखिएका मुलुकसम्मको उडानमा प्रतिबन्ध गरिसकेको छ भने छिमेकी भारतमा पनि यसका संक्रमितहरू भेटिएकाले नेपालसँग खुल्ला सिमानाका जोडिएका जिल्लाहरुमा पनि सतर्कता अपनाउन थालिएको छ ।

पछिल्लो पटक सप्तरीमा पनि सो कार्यलाई तिव्रता दिइएको छ । तिलाठी कोइलाडी गाउँपालिकास्थित बेल्ही भन्सारमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ भने जिल्लाका अन्य नाकामा पनि हेल्थ डेक्स स्थापना गर्न पालिकाहरुसँग समन्वय भइरहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

‘खुला सिमानाले सहजै संक्रमित जिल्लामा भित्रिनसक्ने सम्भावना रहेकाले पहिलो चरणमा भारत–नेपाल आवागमन हुने नाकाहरुमा हेल्थ डेक्स स्थापना गर्न स्थानीय पालिकाहरुसँग समन्वय गर्दैछौं’ उनले मधेशलाइभसँग भने–‘खासमा स्थानीय पालिकाले कोरोनाको पहिलो लहरदेखि नै सिमानाकामा हेल्थ डेक्स राखेर स्वास्थ्य चौकीहरुमा रहेका जनशक्ति नै परिचालन गरेका थिए तर त्यसले स्वास्थ्य चौकीको उपचार सेवा पनि प्रभावित देखियो । अब चैं दरबन्दी नै कायम गरेर डेक्स सञ्चालन गर्ने हाम्रो तयारी छ ।’

तत्काललाई करारमा कर्मचारी भर्ना गरेर डेक्समा खटाइने निमित्त प्रमुख यादवले बताए । ‘त्यसैकालागि कर्मचारी भर्ना गरिएपछि फूल टाइमर पनि हुन्छ र स्वास्थ्य चौकीको सेवा पनि प्रभावित हुँदैन’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस