कानून कार्यान्वयनमा कुनै सम्झौता हुँदैन : प्रहरी उपरीक्षक काफ्ले

राजविराज, १७ मंसिर । सप्तरीका नव आगन्तुक प्रहरी उपरीक्षक (एसपी) अवि नारायण काफ्लेले कानून कार्यान्वयनमा कुनै सम्झौता नगरी काम गर्ने बताएका छन् ।

शुक्रवार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको ‘पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम’उनले यस्तो बताएका हुन् ।

‘शान्ति सुरक्षामा खलल पुर्याउने तथा अपराधिक क्रियाकलापमा संलग्न कसैलाई पनि छाड्ने छैन्’ उनले भने–‘कानून विपरित कार्य गर्ने सबै सजायको भागिदार हो, हामी कानून कार्यान्वयनमा कुनै सम्झौता गर्दैनौं ।’

नागरिकको सुरक्षा र समाजमा अमनचयन गर्ने प्रहरीको पहिलो प्राथमिकता रहेको भन्दै एसपी काफ्लेले सो कार्यमा कटिवद्ध भएर लागिपर्ने प्रतिवद्धता जनाए । उनले विकृति विसंगति तथा अपराधिक क्रियाकलाप न्युनिकरणमा सहयोग गर्न सबैसँग आग्रह समेत गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस