दलित विद्यार्थीलाई पाठ्यपुस्तक वितरण

राजविराज, १७ मंसिर । राजविराज जेसीजले ‘जेसीज सप्ताह २०२१’ अन्तर्गत शुक्रवार राजविराजका ४५ जना दलित विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको छ ।

चौथौ दिनको कार्यक्रम अन्तर्गत वडा नम्वर ९ स्थित विहारपुरका दलित विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको हो ।

सो कार्यक्रममा राजविराज जेसीज वर्ष २०२१ का अध्यक्ष सिद्धार्थ तातेडले पाठ्यपुस्तक पाएपछि विद्यार्थीहरुलाई पठनपाठनमा थप बल मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कोषाध्यक्ष उज्ज्वल काबरा, कार्यकारी उपाध्यक्षद्वय मनिस दास र रन्जना चौधरी, उपाध्यक्षद्वय पंकज देव र रवि राय तथा च्याप्टर एडिटर विप्लव आनन्द लगायतको उपस्थिती थियो ।

कार्यक्रमपछि सहभागी महिलाहरूलाई राजविराज जेसीजले एक/एक थान स्यानिटरी प्याड समेत वितरण गरेको छ । जेसीजकी कार्यकारी उपाध्यक्ष चौधरीले महिलाहरूलाई स्यानिटरी प्याडको उपयोगिताको बारेमा जानकारी गराएकी थिइन् ।

Author:



क्याटोगरी छान्‍नुहोस