‘ओमिक्रोन’ भित्रिन नदिनेतर्फ अग्रसरता देखाउन अध्यक्ष यादवको आग्रह

जनकपुरधाम, १७ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिका अध्यक्ष रामबाबू यादवले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भित्रिन नदिनेतर्फ अग्रसरता देखाउन सरकारसँग माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत छिमेकी मुलुक भारतमा सो भेरिन्ट देखिएसँगै नेपालमा पनि जोखिम बढेको बताए । ‘छिमेकी मुलुक भारतमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै नेपालमा पनि जोखिम बढेको छ।’

उनले जोखिम कम गर्न तथा भेरियन्ट भित्रिन नदिन तत्काल उच्च कदम चाल्न आग्रह गरेका छन् । ‘जोखिम कम गर्न तत्काल उच्च कदम चाल्न र नाकामा हेल्थ डेस्क स्थापनाकासाथै परीक्षणमा कार्यमा अग्रसरता देखाउन सरकारसँग जोड दिन माग गर्दछु ।’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780