महाधिवेशन प्रतिनिधिमा राई र थारु चयन

महुली , १ पुस। नेपाल आदिवासी जनजाति पत्रकार महासंघको महाधिवेशन प्रतिनिधिमा डम्बर राई र प्रियासिंह थारुलाई चयन गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ शाखा सप्तरीको अध्यक्ष भगवती मडरको अध्यक्षतामा तथा आदिवासी जनजाति महासंघ सप्तरीको अध्यक्ष बृजमान तमाङको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले महाधिवेशन केन्द्रीय प्रतिनिधिमा डम्बर राई चयन गरिएको हो ।

त्यसैगरी महाधिवेशन प्रदेश प्रतिनिधिमा प्रियासिंह थारु (पार्वती )लाई चयन गरिएको जनाएको छ । महुलीमा आयोजना गरिएको बैठकको संचालन महासंघका सचिव रामनाथ चौधरीले गरेका थिए ।

सो कार्यक्रममा समाज सेवी यसोधा चौधरी, एमसीडिसीका सुनिता चौधरी, महासंघकी सदस्यद्वय अनिता चौधरी र शम्भु चौधरी लगायतकाले शुभकामना दिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780