राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते

काठमाडौं, २ पुस । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय गरेको छ । आयोगले पुस २० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको कार्यक्रम राखेको छ भने २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।

पुस २५ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । त्यसका लागि आयोगले बिहीबार मतदाता नामावली स्वीकृत गरेको छ ।

राष्ट्रिय सभाका मतदाताहरूमा प्रदेश सभा सदस्यहरू ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १ हजार ४ सय ९३ गरी जम्मा २ हजार २५ जना जना रहेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस